काठमाडौं, २४ साउन । शनिबार तीन पटकसम्म सरेर आइतबार आज दिउँसो एक बजे तोकिएको संविधानसभाको बैठक फेरि सरेको छ । दिउँसो १ बजे बोलाइएको बैठक अब साँझ पाँच बजे बस्नेछ ।
संविधान निर्माणमा भएको सहमतिको प्रतिवेदन संवाद समितिले तयार पार्न समय लगाएकाले संसदको बैठक पाँच बजेका लागि बोलाइएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
सम्वाद समितिले संविधानमा भएको सहमति संसदमा पेश गर्नुपर्ने छ ।












प्रतिक्रिया