२९ आश्विन २०८३, बिहिबार

विपी नेपालको युगपुरुषः राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram-baran-yadav

काठमाडौँ, ३१ जेठ । राष्ट्रपति डा. रामवरण यादवले विपी कोइराला एउटा सच्चा प्रजातन्त्रवादी र दूरदर्शी नेता भएको बताउनुभएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् जननायक विपी कोइरालाको जन्म शताब्दीका अवसरमा आजदेखि राजधानीमा आयोजित प्रजातान्त्रिक समाजवादको भविष्य विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई दिएको शुभकामना सन्देशमा राष्ट्रपति डा. यादवले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

‘विपीले आफ्नो राजनीतिक जीवनकालभरि नै राष्ट्र, राष्ट्रियता र समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रुपमा अवलम्बन गर्नुभएको थियो,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘विपी बाँचुुन्जेल नेपालको राजनीति उहाँकै वरिपरि घुमेको यथार्थसँग हामी परिचित नै छौँ ।’
राष्ट्रपति डा. यादवले विपीले राजनीतिका अतिरिक्त नेपाली समाज र साहित्यको विकास एवम् विस्तारमा पनि उत्तिकै योगदान पु¥याउनुभएकामा पनि जोड दिँदै उहाँ नेपालको एक युगपुरुष नै हुनुभएको चर्चा गर्नुभएको छ ।