२१ कार्तिक २०८३, शनिबार

प्रदेशको सीमांकन टुंग्याउन शीर्ष नेताहरु अन्तिम चरणको छलफलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Baithakकाठमाडौं, २३ साउन । संविधानका मुख्य विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु अन्तिम चरणको छलफलमा जुटेका छन् ।

आज राति अबेरसम्म सहमति जुटाउने प्रयत्नका साथ शीर्ष नेताहरु संविधानको मुख्य विवाद प्रदेशको सीमांकन टुङ्गग्याउन अन्तिम चरणको छलफलमा जुटेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सीमाङकनमा लगभग सहमति भइसकेको र कैलालीबारे सहमतिका लागि प्रयास भइरहेको बताए । ‘हामीले कैलाली सुदूरपश्चिममै राख्नुपर्छ भन्ने अडान लिएका छौं । माओवादी पनि सहमत भइसकेको छ । कैलालीको विवाद लगभग मिलिसक्यो, अब फोरम लोकतान्त्रिकले हुन्छ भन्ने वित्तिकै सहमति हुन्छ’ उनले भने ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले ६ प्रदेशको सीमांकनका लागि अन्तिम पहल भइरहेको बताए । सिंहदरवारमा अहिले शीर्ष नेताहरुको बैठक बसिरहेको छ । ८ प्रदेश बनाउने निर्णयसहित १६ बुँदे सहमति गरेका दलहरु ६ प्रदेश झरेर सीमाङकनमा चार दिनदेखि सहमति खोजिरहेका छन् ।