काठमाडौं, २३ साउन । प्रधानमन्त्री सुशील कोइराला शनिबार अबेर रातिसम्ममा सबै विषयमा टुङ्गो लाग्ने बताउनुभएको छ ।
प्रमुख राजनीतिक दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले आज अबेरसम्म सहमति हुने सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो- “आज सहमति हुन्छ, निराशावादी कुरा नगर्नुस्, सहमतिको विकल्प छैन ।”












प्रतिक्रिया