२१ कार्तिक २०८३, शनिबार

एमाओवादी उपाध्यक्ष श्रेष्ठको घोषणा, ‘साउन भित्र संविधान आउँदैआउँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan-Kaji-Shresthaकाठमाडौं, २३ साउन । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साउन महिनाभित्र कुनै पनि हालतमा नयाँ संविधान आउन नसक्ने दाबी गरेका छन् ।

‘सानभित्र संविधान आउँदैन आउँदैन’, उनले भने, ‘म देख्दिन । केपी वा जो सुकैले भनोस् साउनभित्र संविधान आउँदैन ।’

काठमाडौंमा आज बिहान एक सञ्चारमध्यमलाई दिएको अन्तर्वार्तामा उपाध्यक्ष श्रेष्ठले शीर्ष नेताहरूको जथाभावी बोल्ने बानीले जनताबाट विश्वास उठ्दै गएको बताए ।

‘शीर्ष नेताहरू आफ्ना कारणले हल्का हुनु भएको छ’, उनले भने, विषयको गाम्भीर्यतालाई ध्यानमा नराखेर बोल्दा जनताले विश्वास गर्न छाडेका हुन् ।’

एमाओवादीका उपाध्यक्ष श्रेष्ठले शीर्ष नेताहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए ।

उनले संघीयताको विषय चोटिलो बन्दै गएकाले तत्काल सहमति हुने र संविधान छिटो जारी हुने संभावना न्यून रहेको उल्लेख गरे ।