मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शरीरमा आलस्यता बढ्नेछ,काम गर्ने शक्तिमा कमि आउनेछ भने काम गरे अनुरुप जश पाउन कठिन हुनेछ,परिवारको लागि बिशेष भूमिका निर्बाह गर्नुपर्नेछ,नया काम सुरुवात गर्न उत्तम समय रहेको छ,आफन्तसंगको सम्बन्धमा सन्तोषजनक सुधार आउनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ देब्यै नम: यो मन्त्र ९ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
रमाइलो दिन रहनेछ,मन परेका बस्तुहरु उपभोग गर्न पाइनेछ,सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ,रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ,महत्वाकांक्षी सोच बढ्नाले पुरा गर्न भने केहि कठिनाइ हुनेछ मिष्ठान्न भोजनको सु-अवसर पनि प्राप्त हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पारिवारिक स्वास्थ्यमा खर्च बढ्नेछ,दाम्पत्य सम्बन्धमा नि:रसता छाउन सक्छ,निर्णय क्षमतामा ह्रास आउनाले निर्णयहरु बिबादित हुन सक्छन्,बाहन तथा मेसेनेरी बस्तुबाट चोट-पटकको भय देखिन्छ, निकै साबधानी अपनाउनु होला,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
शरीरमा स्फूर्ति बढ्नेछ,नंया ठाउमा घुमघाम गर्ने अवसर मिल्नेछ,धनार्जन गर्ने अवसर मिल्नुका साथै नंया मित्र संगको भेटघाटमा समय बित्नेछ,नोकरीमा आएको अनाबस्यक तनाब बिस्तारै घट्नेछन्,मन प्रशन्नता बढ्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
धर्म कर्ममा आजको दिन बित्नेछ,तिर्थयात्राको अवसर मिल्नेछ भने यात्रा सफल र रोमान्चक बन्नेछ,स-साना चोटपटकको भय देखिन्छ, सामान्य किसिमका मुद्दा मामिलाको झमेला आइलाग्न सक्नेछ,नाचगान र खेलकुदजस्ता कार्यमा सहाभागी बनिनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमो भगवते वासुदेबाय योमन्त्र १२ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
खराब बिचारले सताउनाले निर्णयहरु कमजोर बन्न सक्छन,शत्रु पक्षले तपाईको कमजोरी औल्याउन सक्ने हुदा चनाखो रहनु होला,गुप्त रोगको भय देखिन्छ,पारिवारिक र प्रेम सम्बन्धमा कमजोरी आउन सक्ने समय,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
प्रणय सुत्र आज निकै दरिलो रहनेछ,रमाइलो भेटघाट संगै मनपरेको बस्तु हात लाग्न सक्ने समय छ,बैदेशिक वा लामो यात्राको सम्भाबना देखिन्छ,गृहिणीहरुको लागि भने खासै उत्साहप्रद समय नरहला,सवारी साधनको प्रयोग खर्चिलो हुनेछ,आजको लागि शुभ रंग हल्का रातो,शुभ अंक १ हो भने कामको सुरुवात गर्नु पुर्ब गणेश भगवानको दर्शन गरेर अगाडी बढे सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शत्रु पक्ष कमजोर रहनेछन,विपक्षीलाई सजिलै परास्त गर्न सकिनेछ,रोगबाट केहि छुटकारा मिल्नेछ भने काममा लगनशीलता बढ्नेछ,व्यक्तिगत प्रयासमा सामाजिक हित हुने कामकोलागि समय बिशेषरुपमा सफल साबित हुनेछ,आजको लागि शुभ अंक ५,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सन्तान र अनुयायीहरुबाट सन्तोष मिल्नेछ,साहित्यिक र कलाकारिता क्षेत्रमा ठुलो छलांग मार्न सकिनेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,खानपानमा आउने असाबधानिले पेटमा केहि समस्या आउन सक्ने देखिन्छ, आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मीनारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पारवारिक असमझदारी बढ्नेछ,मातृसुखमा कमि आउने देखिन्छ,सवारी साधनको प्रयोग आज निकै घातक बन्नसक्छ चनाखो रहनुपर्ला,निर्णयमा हतारोपन हाबी हुनेछ,शारीरिक र मानसिक रुपमा दौडधुप बढ्नेछ,कममा सफलता पाउनको लागि गोपनियता आबस्यक देखिन्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब शिब पार्बतिको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मनमा अनेक प्रकारको खराब बिचारले साथि भाईको सहयोगमा बृध्दि हुनेछ,मनको डर हटेर जानेछ भने काम गर्ने जागर र अठोट बढेर जानेछ, नया कामको थालनी गरिनेछ,माया पिरताका कुराले मनमा आनन्दको आभास दिलाउनेछ,निकै परिश्रम पश्चात मात्र अरुको बिस्वास जित्न सकिनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग गुलाबी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम:शिवाय यो मन्त्र ११ पटक जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
पारिवारिक र सामाजिक अभिभारा बढ्नेछ,तपाईमा आश्रीत हुनेको संख्या बढ्नेछ,अरुको गुनासो सुन्नमा र समाधनमै समय बित्न सक्छ,बोलीको प्रभाब भने बढ्नेछ,पढाई लेखाइमा खासै समय दिन सकिने छैन,आर्थिक कारोबारमा सुधार आउनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ के.केतवे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
आजको पंचांग
वि.सं.२०७२ साल श्रावण २३ गते शनिबार,
इ स २०१५ अगष्ट ८ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण कृष्णपक्षको नवमी तिथि रात्री ०८:५२ बजेसम्म उपरान्त दशमी,
कृत्तिका नक्षत्र रात्री १०:२३ बजेसम्म उपरान्त रोहिणी,
वृद्धि योग दिवा ०३:०१ बजेसम्म उपरान्त ध्रुब,
तैतिल करण बिहान ०९:४३ बजेसम्म गर रात्री ०८:५२ बजेसम्म उप्रान्त बब,
आनन्दादियोगमा ध्वज योग,
चन्द्रमा मेष राशिमा,
काठमाडौंमा सूर्योदय ५:३१ बजे, सूर्यास्त ६:४४ बजे,
दिनमान ३३ घडी १० पला
राहुकाल बिहान ०८:४९ देखि १०:२९ बजेसम्म ।
ज्योतिषाचार्य पं . वासुदेव अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७












प्रतिक्रिया