२१ कार्तिक २०८३, शनिबार

नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत राजेन्द्र क्षेत्री सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Chetttriकाठमाडौँ, २२ साउन । सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई कामु प्रधानसेनापति भई कार्य सञ्चालन गर्नेगरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

बहालवाला प्रधानसेनापतिले आफ्नो पदावधि समाप्त हुनु एक महिना अगाडिदेखि घरबिदामा बस्ने सेनाको परम्पराअनुसार प्रधानसेनापति गौरवशम्शेर जबरा यही साउन २६ गतेदेखि बिदामा बस्दै हुनुहुन्छ । रासस