मुम्बई । भारत सरकारले पोर्न वेबसाइटमा प्रतिबन्ध लगाएपछि देशमा यस्को विरुद्ध कैयौं नागरिकले विरोध गरेका छन् ।
तर, पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नी लियोनीले मोदी सरकारको पोर्न प्रतिबन्ध फैसलामा आफ्नो पहिलो मौन प्रतिक्रिया दिएकी छिन् ।
सन्नीले आफ्नो ट्विटर अकाउंटबाट पति डेनियल वेबरसँग एक तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा खास कुरा यो छ कि डेनियलको टी-शर्टमा ‘सेक्स सेल्स’- (SEX SELLS) लेखिएको छ ।
सनीले तस्वीरको क्याप्सनमा केही लेखेकी छैनन् मात्र दुई स्माइल दिएकी छिन् । यसले प्रष्ट हुन्छ कि सन्नीले यो विषयमा मौन विरोध गरेकी छिन् । तर, उनका पतिको टी–शर्टमा लेखिएको शब्दले धेरै कुराको अर्थ राख्छ ।














प्रतिक्रिया