२१ कार्तिक २०८३, शनिबार

सप्तरीको अडान राख्दै गच्छदार विराटनगर हिँडेपछि बाबुरामलाई आपत्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bijay

काठमाडौं, २१ साउन । ६ प्रदेशमा सीमांकनको टुङ्गो लगाउन आज विहानैदेखि सिंहदरबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

संघीय प्रदेशको सीमांकन लगायतका विवादित विषय मिलाउन चार दलका शीर्ष नेता सम्मिलत विशेष समितिको बैठकमा आज पनि कुरा नमिलेको हो । शीर्ष नेताहरुमध्ये मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बैठक छाडेर विराटनगर हिँडेपछि बेलुका बसेको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक पनि स्थगित भएको छ ।

झापा, मोरङ, सुनसरीबाट सप्तरीलाई अलग्याउनुपर्ने अडान राख्दै नेता गच्छदार विराटनगरतिर लागेपछि सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले बैठक स्थगित गरेका हुन् । बेलुका पाँच बजेपछि सुरु भएको बैठकमा शीर्ष नेता नै नभएपछि बाबुरामलाई आपतै पर्‍यो । त्यसपछि तत्कालै उनले शुक्रबार १ बजे बस्ने गरी बैठक स्थगित गरेको घोषणा गरे ।

बैठकमा बोल्दै समितिका सभापति भट्टराईले सीमांकन, धर्मनिरपेक्षता, भाषा लगायतका केही विषयमा सहमति हुन बाँकी रहेको बताए । ५ प्रदेशको सीमाङकन र अन्य विवादित विषयको टु‌गो शुक्रबार विहान बस्ने शीर्ष नेताहरुको बैठकले लगाउने समेत उनले बताए ।

यसअघि सम्वाद समितिले आजै सीमाङकन र अन्य विषयमा टुङ्गो लागिसक्ने बताएको थियो ।