२१ कार्तिक २०८३, शनिबार

सीमाङकन टुंग्याउन दलहरु सहमति खोज्दै, देउवा र गच्छदारले अडान छाडेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-gacchedarकाठमाडौँ, २१ साउन । संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई अन्तिम रुप दिन प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरु आज पनि जुटिरहनुभएको छ ।

खासगरी संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका अतिरिक्त प्रदेशको सङ्ख्या, प्रदेशका सीमाङ्कन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही अहिले चार दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भइरहेको छ । आज दिनभरमा सहमतिमा पुगिने शीर्ष नेताहरुले जानकारी दिनुभएको छ ।

“जनताले दिएका सुझावलाई समेत समेटी मस्यौदालाई टुङ्ग्याउन शीर्ष नेताका बीचमा छलफल भइरहेको छ,” बैठकबाट एकैछिन बाहिरिनुभएका एमाओवादीका नेता डा बाबुराम भट्टराईले सञ्चारकर्मीसँग भन्नुभयो ।

नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षहरू बैठक गरिरहनु भएको छ । बैठकमा मुख्य विषय सीमाङकनमा सहमति खोज्ने प्रयास भइरहेको छ ।

त्यस्तै, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सप्तरी जिल्लालाई कोशी पारी पूर्वको प्रदेशमा राख्नुपर्ने अडानमा छन् । सुदूरपश्चिमको कैलाली जिल्लाको विवाद पनि अहिले सम्म मिल्न सकेको छैन । नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावलले पनि कैलाली जिल्ला टुक्र्याउन नहुनेमा अडान लिएका छन् ।

यसैगरी कार्यदलमा रहनुभएका दोस्रो पुस्ताका नेता तथा विशेष समितिका पदाधिकारीले समानान्तर ढङ्गले काम गरिरहनुभएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी हुनुहुन्छ । रासस