२१ कार्तिक २०८३, शनिबार

संविधानसभा बैठक शुक्रबार ५ बजे बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwan

काठमाडौँ, २१ साउन । व्यवस्थापिका-संसद्को आजको बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य सूर्यप्रसाद प्रधानको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा रुपन्देही जिल्ला क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित प्रधानको बुधबार लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको थियो । तत्कालीन प्रतिनिधिसभा सदस्य तथा वातावरण संरक्षण समितिका सभापति, लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् वरिष्ठ समाजसेवीका रुपमा उहाँ परिचित हुनुहुन्थ्यो । उहाँको ७५ वर्षको उमेरमा निधन भएको हो ।

बैठकले उहाँको सम्झनामा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । सर्वसम्मतिले सो शोक प्रस्ताव पारित गर्दै बैठकले उहाँको सम्झनामा एक मिनेट मौनधारण पनि गरेको थियो ।

शोक प्रस्ताव पारित गरेसँगै संविधानसभा अध्यक्षसमेत रहनुभएका सभामुख सुवास नेम्वाङले व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि शुक्रबार अपराह्न ५ः३० बजेसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको संविधानसभाको बैठक भोलि शुक्रबार अपराह्न ५ बजे बस्ने छ । रासस