२१ कार्तिक २०८३, शनिबार

विदेशको स्थायी बसोबास अनुमति लिएका कर्मचारीले राजीनामा दिने क्रम बढ्यो : मन्त्री पण्डित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lalbabu-Panditकाठमाडौं, २१ साउन । सरकारले घरायसी कारण देखाउँदै सरकारी कर्मचारीले आर्थिक वर्ष २०७०/७१ मा चार सय बढि कर्मचारीले राजीनामा दिएको जनाएको छ ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज (बिहीबार) सामाजिक सञ्जालमा सन्देश राखेर हालसम्म घरायसी कारण देखाउँदै ४ सय ६८ कर्मचारीले राजीनामा दिएको जनाएका हुन् ।

उनले यो वर्ष झण्डै हजार कर्मचारीले जागिर छाड्ने अनुमान गरिएको जनाएका छन् ।

‘माघदेखि असारबीच ३ सय ५४ जनाको राजीनामा आएको छ’, मन्त्री पण्डितले भनेका छन्, ‘जसमा विदेशी कार्डप्रेमी अधिकृतहरूपनि छन् ।’

निजामती कर्मचारी किताबखानाको पर्सनल इन्फरमेशन सिष्टममार्फत पद त्याग्ने कर्मचारीको ओइरो लाग्न थालेको मन्त्री पण्डितले जानकारी दिए ।

निजामती सेवामा कार्यरत कर्मचारीको संख्या १ लाख ३ हजार छ । किताबखानाको अभिलेखमा हाजिरी कर्मचारीको संख्या २० हजार कम अर्थात ८३ हजार मात्र देखिन्छ ।