एजेन्सी । पाकिस्तानका पूर्व कप्तान वासिम अक्रम चढेको कारमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । कारलाई लक्षित गरी भएको गोली प्रहार ४९ वर्षे पूर्व पाक कप्तान क्रिकेटर अक्रम सकुशल बच्न सफल भएका छन् ।
राष्ट्रिय रंगशालातर्फ गइरहेका उनीमाथि बुधबार कराँचीको कर्साज भन्ने ठाउँमा आक्रमण भएको हो । उनी बलिङ शिविरका लागि त्यहाँ जाँदै थिए । आफू चढेको कार पछाडिबाट अज्ञात समूहले गोलाबारी गरेको उनले बताए । ‘गोली मेरो कारको टायरमा लाग्यो तर म सुरक्षित छु’, घटनापछि उनले भने ।
गोली चलाउने व्यक्तिले प्रयोग गरेका गाडीको नम्बर नोट गरेको उनले जनाएका छन् । यसअघि आफूलाई कुनै समूहले चेतावनी नदिएको पनि उनले उल्लेख गरे । गोली प्रहार गर्न अभियुक्तको खोजी भइरहेको छ ।















प्रतिक्रिया