२८ आश्विन २०८३, बुधबार

हिम्सलाई महिला बास्केटबल उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, ३१ जेठ । हिम्स क्लबले हिम्स आमन्त्रण क्लबस्तरीय महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

जोरपाटीको नारायणटारस्थित आयोजक हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल (हिम्स) को कोर्टमा शुक्रबार भएको फाइनलमा हिम्सले भारतको सिक्किमस्थित एकलब्य मोडेल रेसिडेन्सियल स्कुल (इएमआरएस) लाई ५७–५४ ले पराजित ग-यो ।

पहिलो क्वाटरमा हिम्सले २१–११ को अग्रता लिएको थियो । दोश्रोमा एकलब्यले १८–६ स्कोर गर्दै समग्रमा २ अंकको अग्रता बनायो । तेश्रोमा हिम्सले समग्रमा २ अंकको अग्रता लिने क्रममा १८–१४ को प्रदर्शन ग-यो ।

चौथो तथा निर्णायक क्वाटरमा हिम्स १२–११ को झीनो अन्तरले अगाडि रहँदै उपाधि सुनिश्चित गर्न सफल भयो ।

हिम्सको जितमा ‘वोमन अफ द म्याच’ चुनिएकी समिक्षा न्यौपानेले सर्वाधिक १८ अंक योगदान गरिन् । त्यस्तै हिम्सको स्कोर बोर्डमा ज्ञानु गौचनले १३, नेहा चौधरीले ११, प्रीति तुलाचनले १० तथा माया स्याङतानले ५ अंक थपे ।

उता एकलब्यकी निमा डोमा भुटियाले १२ स्कोर गरिन् । निमा ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भइन् । त्यसवापत निमाले १० हजार नगद पुरस्कार प्राप्त गरिन् ।
उपाधिसंगै हिम्सले १ लाख नगद पुरस्कार हात पा-यो । पाहुना टोली एकलब्यले ५० हजार रुपैयाँमा चित्त बुझायो ।

विजेतालाई हिम्सका प्रिन्सिपल आरसी खनाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा हिम्स, एकलब्यसहित साइपाल एकेडेमी र रिब्स अल स्टार गरी चार टिमले प्रतिस्पर्धा गरेका थिए ।