५ कार्तिक २०८३, बिहिबार

भोजपुरमा ध्रुव राईका चुनावी कमाण्डर परस्त्रीसँगै समातिए

9.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हर्क साम्पाङको पार्टीका भोजपुर उम्मेदवार ध्रुव राईका चुनावी कमाण्डर परस्त्रीसँगै समातिएका छन् ।

अर्काको श्रीमति भगाएपछि ध्रुव राईका चुनावी कमाण्डर रहेका श्रम संस्कृति पार्टी भोजपुरका जिल्ला सचिव भीम साम्पाङ प्रक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दिङ्लाले उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो ।

षडानन्द नगरपालिका–११ झ्याउ पोखरीको होटलमा दुवै जना सँगै बसेको कुरा परिवारलाई थाहा पाएपछि प्रहरीमा खबर आएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । राईले चुनावी अभियानका क्रममा अर्काकी श्रीमति भगाएका थिए । महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । भीम राईकी घरमा श्रीमती रहेको खुलेको छ भने उनका बच्चा समेत छन् ।

घटनापछि दुवै पक्षबीच छलफल भई कागज गरी विवाह गर्ने सर्तमा महिलाका आफन्तको जिम्मामा दुवै जनालाई छाडिएका पारिवारिक स्रोतले जानकारी दिएको छ ।