५ कार्तिक २०८३, बिहिबार

कर्णालीबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी मिनासिंह रखाल निर्वाचित

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट एमालेकी मिनासिंह रखाल निर्वाचित भएकी छन् । दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले–कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

रखालले प्रदेशसभा तर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्धन्द्धी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गरिन् ।