५ कार्तिक २०८३, बिहिबार

धावनमार्ग पुगिसकेको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ ।

उडानका लागि अनुमति पाएर धावनमार्गमा पुगिसकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि जहाज रोक्नु परेको त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘इन्डिकेशनमा समस्याको संकेत आएपछि दौडिसकेको जहाज आकस्मिक रोकेर फर्काइएको छ,’ उनले भने, प्राविधिक जाँचपछि सो जहाज उडानमा फर्कन्छ ।’