५ कार्तिक २०८३, बिहिबार

बसमा गलत नियतले छोएको भन्दै महिला भिडिओ भाइरल गराएर फरार, पुरूषले दिए ज्यान

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा यौन दुर्व्यवहारको आरोप लागेपछि एक पुरूषले आत्महत्या गरेका छन् । घटना केरलाको हो ।

बसमा यात्रा गर्ने क्रममा गलत नियतले छोएको आरोप लगाउँदै एक महिलाले सामाजिक सञ्जालमा भिडिओ पोष्ट गरेपछि उनले आत्महत्या गरेका हुन् ।

ती महिलाले कन्नुर जिल्लामा बसमा यात्राका क्रममा दीपक नामका पुरुषले आफूलाई यौनको आशयले छोएको आरोप लगाउँदै सामाजिक सञ्जालमा राखेकी थिइन्।

पुरूषले आत्महत्या गरेपछि फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । राज्य मानव अधिकार आयोग (एसएचआरसी) ले प्रहरीलाई यस घटनाको अनुसन्धान गर्न आदेश दिएको छ।