काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दिएका पाँच उमेदवारविरुद्ध उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उमेदवारी दिएका उमेदवारविरुद्ध उजुरी परेको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा दुईजना, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एकजना, रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा एकजना र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एकजना उमेदवारविरुद्ध उजुरी परेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका निम्ति माघ ६ गते सबै निर्वाचन क्षेत्रमा कुल तीन हजार ४८७ उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो ।
आयोगले तालिकाअनुसार मंगलबार (माघ ६) देशैभर उमेदवारको मनोनयन पत्र दर्ता भएको थियो । मनोनयन पत्र दर्ता गरेका उमेदवारहरूउपर बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म दाबीविरोध पेस गर्ने समय तोकिएको थियो ।















प्रतिक्रिया