५ कार्तिक २०८३, बिहिबार

डा. संगीता मिश्रालाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा। संगीता मिश्रालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।