३० आश्विन २०८३, शुक्रबार

मेस्सी र नेयमारले नखेल्दा बार्सिलोना हार्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi_neymarकाठमाडौं, १८ साउन । युरोपियन च्याम्पियन अन्तर्गतको प्रि सिजन टुरमा फिओरेन्टिनाविरुद्धको खेलमा बार्सिलोना पराजित भएको छ ।

आइतबार राति भएको खेलमा फिओरेन्टिनाले बार्सिलोनालाई १ गोलले पराजित गरेको हो । हिजोको खेलमा स्ट्राइकर लिओनल मेस्सी र नेयमारले खेलेका थिएनन् । उनीहरुलाई आराम दिइएको थियो ।

बार्सिलोनाका लुइस स्वरेजले प्रि सिजन टुरमा तेस्रो गोल गरेपनि फिओरेन्टिनाविरुद्ध जित दिलाउन सकेनन् । घरेलु मैदानमा भएको खेलमा फिओरेन्टिनाले सुरुवाती १२ मिनेटमा दुई गोल गरिसकेको थियो । १७ औं मिनेटमा स्वरेजले गोल गरे ।

तर, खेलमा थप गोल हुन सकेन र बार्सिलोना २–१ ले पराजित भयो । अर्काे खेलमा नेयमार मेस्सीले पनि खेल्नेछन् ।