काठमाडौं । पत्रकार ऋषि धमला रौतहट–४ मा प्रतिनिधिसभा सदस्य उमेदवार बन्ने भएका छन् ।
आम जनता पार्टी (आजपा)ले रौतहट–४ मा धमलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आजपाकी नेतृ समेत रहेकी धमला पत्नी एलिजा गौतमले यसबारे जानकारी दिएकी हुन् ।
‘आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु । यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो ।’ गौतमले फेसबुकमा लेखेकी छन् ।















प्रतिक्रिया