२४ असार २०८३, बुधबार

सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन : शेखर कोइराला

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आफूलाई पार्टीको कुनै पनि पदले नलोम्याउने बताएका छन् ।

आज भिडिओ सन्देश जारी गर्दै कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका हुन् ।

उनले भने, ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन।’ उनले भने थपे, ‘म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ जो ऊर्जावान र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन्।’

कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको उल्लेख गरेका छन्।