धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको बताएका छन् ।
भारत प्रस्थान गर्ने क्रममा शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावको भएकाले धार्मिक यात्रामा निस्किएको लामिछानेले बताए ।
उनले आफ्नो भारत भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन आग्रह गरेका छन् ।
उनी तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत भ्रमण गएको उनको निजी सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
उनी कात्तिक ९ गते स्वदेश फर्किने बताइएको छ ।















प्रतिक्रिया