ताप्लेजुङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दई लाखभन्दा बढीको व्यापार गरेको छ ।
साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपैयाँको व्यापनर गरेको हो ।
गत आर्थिक वर्षमा २०८२/८३ मा एक करोड ६ लाख रुपैयाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आर्थिक वर्ष साउन, भदौ र असोज महिनामात्र एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले बताए ।
तिम्सिनाका अनुसार तीन महिनामा अवधिमा कुल एक हजार १८२ क्विन्टल बढी व्यापार भएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपैयाँको ५७२ क्विन्टल बिक्री भएको छ ।
त्यस्तै, सोना चामल २० लाख ९० हजार ६२५ रुपैयाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ ।
ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो ।
२४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपैयाँ व्यापार भएको कार्यालयले उल्लेख गरेको छ ।
यस्तै, २१ दशमलव ५ क्विन्टल दाल बिक्री भएको छ । दालबाट तीन लाख १३ हजार ५०५ रुपैयाँ बराबरको व्यापार भएको छ ।
चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ ।
खाद्यले चिनी प्रतिकिलोग्राम ११० रुपैयाँ र दाल प्रतिकिलोग्राम १४५ रुपैयाँ निर्धारण गरेको छ ।















प्रतिक्रिया