एजेन्सी । भनिन्छ, यदि तपाईसँग आफ्नो हौसला, आत्मविश्वास र हिम्मत छ भने असम्भव भन्ने शब्द पनि तपाईको अगाडि झुक्छ । यस्तै, केही गरेर देखाएकी छिन् बेलारूसकी विक्टोरिया अजारेंकाले । अजारेंका मात्र २६ वर्षको उमेरमा आफ्नो मेहनत र हिम्मतमा १६० करोड की मालकनी बनेकी छिन् ।
आजरेंकाले ओलम्पिक-२०१४ को टेनिस प्रतियोगितामा दुई मेडल, मिक्स डबल्समा गोल्ड र सिंगल्समा ब्रान्ज मेडल जितेकी छिन् । पूर्व वर्ल्ड नम्बर एक महिला टेनिस स्टार विक्टोरियालाई फोर्ब्सले सर्वाधिक कमाई गर्ने महिला खेलाडीको टप-१० सूचीमा छानेको छ । उनलाई छैठौं स्थानमा राखिएको छ ।
धेरै कम मान्छे मात्रै जान्दछन् कि अजारेंकाले आफ्नो खेल जीवनको सुरुवात टेनिसबाट होइन् बल्कि हकीबाट गरेकी थिईन् । १५ वर्षको उमेरमा उनकी आमाले आफ्ना साथीका पति निकोलाई खाबिबुलिन कहाँ उनलाई लगेर गएन्, जो हकी खेलका प्रशक्षिक थिए । उनकै मार्गदर्शनमा विक्टोरियाले धेरै समयसम्म हकी खेलिन् । यो बीचमा अजारेकी की आमा मोनाको मृत्यु भयो । आमा मोनाको मृत्यु भएपछि अजारेंकालाई हकी खेलमा हिम्मतअनुसारको सफलता मिल्न सकेन् । त्यसपछि त्यहीबाट सुरु भयो एक नयाँ टेनिस स्टार बन्ने सपना ।
आजरेंकाले नाभेम्बर २००३ मा इजरायल आईटीएफ (इंटरनेशनल टेनिस फेडरेशन) भ्रमणका बेला टेनिस खेलमा डेब्यू गरिन् । उनले आफ्नो करियरमा १८ डब्लुटीए र एक आईटीएफ खिताब जितेकी छिन् ।
उनले आफ्नो करियरमा अहिलेसम्म जितेका अवार्ड यसप्रकार छन् :
टेनिस खिताब :
ग्रैण्ड स्लैम : सिंगल्स : विजेता : अस्ट्रेलियन ओपन (२०१२, २०१३), उपविजेता : यूएस ओपन (२०१२, २०१३) ।
डबल्सः उपविजेताः अस्ट्रेलियन ओपन-२००८, फ्रेंच ओपन-२००९ र अस्ट्रेलियन ओपन-२०११ ।
मिक्स डबल्सः विजेता : यूएस ओपन (२००७) र फ्रेंच ओपन (२००८), उपविजेता : अस्ट्रेलियन ओपन (२००७) ।
यिनै अवार्डको असफलता र टेनिस खेलले दिलाएको सफलताबाट उनी सानो उमेरमै धनी बनेकी हुन् । उनले मानिसमा आत्मविश्वास भए जुनसुकै कुरा पनि गर्न सकिने कुरालाई देखाइदिएकी छिन् ।















प्रतिक्रिया