३० आश्विन २०८३, शुक्रबार

गुल्मीको खेलकुद विकास समितिमा भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-bhandari– अनिल खत्री
गुल्मी, १७ साउन । जिल्ला खेलकुद बिकास समिति गुल्मीको अध्यक्षमा कृष्ण भण्डारी नियुक्त भएका छन् ।

भण्डारीलाई राष्ट्रिय खेलकुद परिषदले शनिवार नियुक्त गरेको छ । जिल्ला खेलकुद बिकास समिति गुल्मीका अध्यक्ष गोबिन्द बिकको यहि असार १ गतेबाट कार्यकाल सकिएको थियो । विकको कार्यकाल सकिएपछि निर्वतमान उपाध्यक्ष समेत रहेका भण्डारीलाई राखेपले अध्यक्षमा चार बर्षको लागि नियुक्त गरेको हो ।

खेलकुदको चौतर्फी बिकाश गर्दै खेलकुदबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको उत्पादन गर्दै लाने आफू र आफ्नो खेलकुद टिमले सधै इमान्दारिताको साथमा काम गर्दै आफ्नो कार्यकालमा गुल्मी जिल्लाको खेलकुद बिकासलाई एउटा उचाइमा पु¥याउने अध्यक्ष भण्डारीले बताए ।