काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका लागि अगाडि बढेपछि देउवाले छलफलका लागि आफू निकट नेताहरूलाई बोलाएका हुन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, महामन्त्रीद्वय थापा र शर्माले पुसभित्रै विशेष महाधिवेशन बोलाउने अडान राखेका छन्।








प्रतिक्रिया