डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ मा पर्ने खदाङ घटनाको कारण सवारी साधन बन्द भएका छन् । स्थानीय बासिन्दा र नेपाल प्रहरी विचको घटनालाई लिएर थप तनाव सिर्जना भएको हो ।
शुक्रबार र शनिबार भएका दुई पक्षको विवादलाई लिएर भेरीकरिडोर सडक खण्डमा अन्तरगत पर्ने डोल्पाको खदाङ देखि रुकुम पश्चिमको दामोचौर सम्म सम्पूर्ण सार्वजनिक यातायात सेवा स्थानीयले बन्द गरेका छन् ।
स्थानीयहरुले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै आज बिहान देखि यातायात सेवा ठप्प पारेका हुन् ।
शुक्रबार त्रिपुरासुन्दरी नगरपालिका– ५ का स्थानीय जुन रोकायलाई खदाङ स्थित प्रहरी चौकिका प्रहरीले सोही वडामा पर्ने छेक्पेमा संकास्पद भन्दै खोजतलास गर्ने क्रममा ठुलीभेरी नदिमा व्यपत्ता भए पछि तनाव सृजना भएको हो ।
प्रहरीले रोकायलाई भेरीमा हालेर व्यपत्ता परेको भन्दै शनिबार स्थानीयले खदाङ प्रहरी चौकिमा तोडफोट गरेर प्रहरी चौकी इन्चार्ज सहित केही प्रहरीलाई कुटपिट गरेका थिए ।
शनिबार दिनभर व्यपत्ता भएका रोकायलाई स्थानीयले ठुलीभेरी नदिमा खोज्दा नभेटेपछि आन्दोलन थप चर्काएको र आइतबारदेखि खदाङ देखि दामोचौर तल्लुबगर सम्म यातायात सेवा सबै बन्द गरेको स्थानीयको भनाइ छ ।








प्रतिक्रिया