१ श्रावण २०८३, शुक्रबार

दाङबाट एमाले महाधिवेशनका लागि २३ प्रतिनिधि सर्वसम्मत चयन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १३ मंसिर । नेकपा (एमाले)को ११ औं महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा २३ जना प्रतिनिधि चयन गरिएको छ ।

विभिन्न चरणमा आकांक्षीहरुसँग छलफल र परामर्श गरेर सूची टुंग्याइएको जिल्ला सचिव सूर्यबहादुर डाँगीले जानकारी दिएका छन् । उनका अनुसार खुल्लातर्फ १० जना, महिलातर्फ ७ जना, युवातर्फ ३ जना र दलिततर्फ ३ जना गरी कुल २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

खुल्लातर्फ शिवकुमार आचार्य, सुदन केसी, भुवन चौधरी, भाग सिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी ९श्याम०, मनोहर बुढाथोकी, राममणि पाण्डे र कुलबहादुर केसी चयन भएका छन् ।

महिलातर्फ रेखा केसी देवकोटा, तुलसा देवी पोखरेल, रत्ना तिवारी खत्री, सीता चौधरी, लक्ष्मी शर्मा, सीता चौधरी र पुष्पा लामिछाने भण्डारीले प्रतिनिधित्व गर्ने भएका छन् ।

युवातर्फ अशोक योगी ९विवेक०, घनश्याम चौधरी र देवबहादुर ९देबु० बस्नेत चयन भएका छन्।

दलित समूहबाट मानबहादुर बिक, निर्मला बिक र टंकबहादुर बिक सर्वसम्मत रूपमा प्रतिनिधि बनेका छन् । दाङमा सहमतिको आधारमा गरिएको प्रतिनिधि छनोटमा सबै समूह, क्षेत्र र वर्गको समावेशी सहभागिता सुनिश्चित गरिएको एमाले दाङले जनाएको छ ।