१३ कार्तिक २०८३, शुक्रबार

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ ।

मूल्य वृद्धिसँगै अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ, ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम भएको छ ।