१६ असार २०८३, मंगलबार

एमालेको पालिकास्तरीय जनपरिचालन भव्य बनाउन महासचिव पोखरेलको पाँच निर्देशन

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २३ कात्तिक । प्रतिगामी षडयन्त्रविरुद्ध नेकपा (एमाले)ले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउनका लागि महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन जारी गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरुलाई जनपरिचालनमा सहभागी हुने संख्याका आधारमा आवश्यकता आधारमा पार्टीको झण्डा, ब्यानर र प्लेकार्ड तयार गर्न निर्देशन दिएका हुन् ।

यसैगरी, जनपरिचलनका लागि घनाबस्ती भएको क्षेत्र छनौट गर्न उनको निर्देशन छ । घनाबस्ती भएका ठाउँमा जनसंख्या धेरै हुने भएकोले जनपरिचालनमा सहभागी जुटाउन सहज हुने पोखरेलको भनाइ छ ।

यस्तै, जनप्रर्दशनको अन्त्यमा छोटो तर प्रभावकारी कोणसभा गर्न उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । जनप्रदर्शनका क्रममा भिडियो/फोटोहरु सामाजिक सञ्जालमा व्यापक मात्रामा शेयर गर्न र त्यस्ता सामग्रीहरु आम सञ्चारमाध्यममा पठाउन पनि महासचिव पोखरेलले निर्देशन गरेका छन् ।

एमालेको गत असोजक २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्रविरुद्ध देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । जसअनुसार हिजो कात्तिक २२ गते सबै वडाहरुमा एमालेले भेला सम्पन्न गरेको छ ।

महासचिव पोखरेलले जनप्रर्दशनका लागि सातवटा नारा पनि सार्वजनिक गरेका छन् । ती निम्न अनुसार छन् ।

प्रतिगामी षडयन्त्र — मुर्दावाद ।

विघटित प्रतिनिधिसभा — पुनर्स्थापना गर ।

२३ र २४ को अपराधिक घटनाको — निस्पक्ष छानबिन गर ।

तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई — कारबाही गर ।

हत्या, हिंसा, आतंक — बन्द गर ।

नेकपा (एमाले) — जिन्दावाद ।

जनताको बहुदलीय जनवाद — जिन्दावाद