२९ आश्विन २०८३, बिहिबार

सुकी आज नेपाल आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suki-Aang-Sang

काठमाडौँ, ३० जेठ । मान्मारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी शुक्रबार नेपाल आउँदै हुनुहुन्छ ।

‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन उहाँ नेपाल आउन लाग्नुभएको हो ।

सुकीलाई सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउँदै हुनुहुन्छ ।

सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नुहुनेछ ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दरीजलस्थित विपी कोइराला सङ्ग्रहालयको पनि भ्रमण गर्नुहुनेछ ।