२९ आश्विन २०८३, बिहिबार

गल्फ र भारतबाट यसरी भित्रिन्छ एचआइभी एड्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HIV-Aids

जनकपुरधाम, २९ जेठ । जनचेतनाको अभाव तथा असुरक्षित यौन सम्पर्कको कारण भारतबाट गाजर मूला झै एचआइभी सङ्क्रमित भित्रिने गरेका छन् ।

स्पर्स नेपालद्वारा सेभ द चिल्ड्रेन तथा ग्लोबल फन्डको सहयोगमा बिहीबार जनकपुरमा आयोजित क्षति न्यूनीकरण कार्यक्रममा सहभागी वक्ताले भारतमा काम गर्ने ८० प्रतिशत नेपाली एचआइभी सङ्क्रमित भएको बताए ।

उनीहरुले खासगरी भारतको मुम्बई, दिल्ली, पन्जाब, लुघियानालगायतका ठाउँबाट काम गरी फर्किने ८० प्रतिशत नेपाली एचआइभी सङ्क्रमित भएको पाइएको चर्चा गरे ।

त्यसैगरी, वैदेशिक रोजगारको क्रममा खाडी मुलुक, अरब, कतार र मलेसिया जाने युवा घर फर्किंदा कोसेलीको रुपमा एचआइभी÷एड्स रोग लिएर फर्किने गरेको पाइएको छ ।

सो कार्यक्रममा उपलब्ध गराइएको तथ्याङ्कअनुसार १८४ जना सम्पर्कमा आएको एचआइभी सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भएको छ ।

यो तथ्याङ्क २०६९ वैशाखदेखि २०७१ जेठसम्मको हो । सो संस्थाको सम्पर्कमा अहिले ३० जना एचआइभी सङ्क्रमित रहेका छन् ।

पछिल्लो दुई महिनाको अभिलेख हेर्दा धनुषामा ३८२ पुरुष र ३६८ महिला एचआइभी सङ्क्रमित छन् । त्यसमा सात जना समलिङ्गी पनि छन् ।

धनुषामा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ५०३ रहेको छ भने १९ जनाको रगत परीक्षण गर्दा पाँच जनामा हेपाइटाइटिस–बी फेला परेको छ ।

जनकपुरमा लागु औषध सेवनकर्ताको लागि सुधारगृह नभएको र बाहिरबाट उपचार गराउन आउने एचआइभी सङ्क्रमित रोगीको बस्ने व्यवस्था नभएको जानकारी गराउँदै संस्थाले त्यसका लागि पहल गरिरहेको बताएको छ ।

सो कार्यक्रमअन्तर्गत संस्थाले एचआइभी सङ्क्रमित रोगीका १५ जना बालबालिकालाई जनही मासिक रु एक हजारका दरले छात्रवृत्ति दिने गरेको छ ।