काठमाडौं, २९ जेठ । निर्वाचन आयोगले संविधानसभा सदस्य उपनिर्वाचन हुने दिन असार ८ गते आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।
आयोगको बसेको बैठकले काठमाडौं, चितवन, बर्दिया र कैलाली गरी चार जिल्लामा सार्वजनिक बिदा दिन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । त्यसका लागि आजै सरकारलाई पत्र लेखी पठाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं क्षेत्र नं २, चितवन ४, बर्दिया १ र कैलालीं ६ मा असार आठका दिन उपनिर्वाचन हुँदैछ ।
मतदान असार ८ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने छ । मतदान गर्नका लागि धेरैजसो सार्वजनिक विद्यालयमा मतदानकेन्द्र रहेकाले मतदान केन्द्र निर्माण गर्न र मतदान कार्य सम्पन्न गर्न असार ६ देखि ८ गतेसम्म ३ दिन उपनिर्वाचन हुने निर्वाचन क्षेत्रका सामुदयिक एवं संस्थागत विद्यालयहरूलाई सार्वजनिक बिदा दिन समेत आयोगले सरकारलाई लेखी पठाएको छ ।















प्रतिक्रिया