२९ आश्विन २०८३, बिहिबार

एमालेको पदाधिकारी संख्या अब १५ जनाको हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351काठमाडौँ, २९ जेठ । नेकपा एमालेले बिधानमा संशोधन गरी पदाधिकारीका संख्या थप्ने भएको छ । बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दुवैतिर पदाधिकारीका आकांक्षी धेरै भएपछि उनीहरु दुवै पक्ष पदाधिकारीका संख्या थप्ने सहमत भएका हुन्।

यसअघि सचिव युवराज ज्ञवालीले पेश गरेको बिधान संशोधन प्रस्तावमा ३ सचिवमात्र थप्ने भनिएको भए पनि अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा गठित बिधान मस्यौदा कार्यदलले दुई उपमहासचिवको समेत व्यवस्था गर्दै पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव केन्द्रीय कमिटी र महाधिवेशनबाट पारित भएमा अब एमालेमा अध्यक्ष, ५ उपाध्यक्ष, दुई उपमहासचिव र ५ सचिव सहितको पदाधिकारी हुनेछन् ।
बिधानमा बरिष्ठ उपाध्यक्षको भने व्यवस्था नगरिएको एमालेका एक नेताले जानकारी दिएका छन् ।

एमालेको एकल नेतृत्वमा २०५१ सालमा सरकार गठन भएका वेला तत्कालिन महासचिव माधवकुमार नेपाल सरकारमा उपप्रधानमन्त्री बनेर गएपछि तत्कालिन संगठन बिभाग प्रमुख बामदेव गौतमलाई उपमहासचिव बनाइएको थियो । पछि केन्द्रीय कमिटीलेनै उपमहासचिव खारेजपछि त्यस यता पार्टीमा उपमहासचिवको पद छैन ।

एमालेका अनुसार आगामी नवौँ महाधिवशेनबाट उक्त प्रस्ताव पारित भएको अवस्थामा १५ सदस्यीय पदाधिकारी सहित १ सय १५ पूर्ण केन्द्रीय सदस्य र ३४ बैकल्पिक गरि १ सय ४९ सदस्यीय केन्द्रीय कमिटी हुने छ ।