सिराहा, ८ साउन । सिरहामा एक बालिका बलात्कृत भएकी छिन् ।
जवरजस्ती करणी गरेको अभियोगमा सिराहा नगरपालिका–१ बस्ने २६ बर्षीय जितेन्द्र दासलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
दासले विहिबार सोही नगरपालिका-१ डेरा गरी बस्ने भारत मधुवनी बेदधारग्राम घर भएकी १५ बर्षीया बालिकालाई आफ्नै घरमा बोलाई छतमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया