– विमल विष्ट
डोटी, ८ साउन । बिप्लब माओबादीको बन्दकाकारण सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलका प्रमुख ब्यापारी केन्द्र पिपल्ला, राजपुर पुर्ण रुपमा सुनसान भएको छ ।
सडकमा बन्द गर्ने माओबादीका नेता कार्यकर्ता कोही नभएपनि बजार, कलकारखाना, उद्योग धन्दा तथा गाडीहरु पुर्णरुपमा बन्द भएका छन् भने छिटफुट रुपमा एकआध मोटर साईकल चल्नुका साथै औषधी, केही तरकारी पसलमात्र खुलेका छन् ।
बजारहरुमा प्रहरीको भने बाक्लो उपस्थिती रहेको छ । प्रहरी, प्रशासनले यातायातका साधन सञ्चालन गर्न आग्रह गरेपनि गाडी धनी सवारी साधन चलाउन मानिरहेका छैनन् ।
बन्दका कारण जिल्ला सदरमुकाम तथा क्षेत्रीय सदरमुकाम बाट बाहिर जानेहरु आफनो गन्तब्यमा जान सकिरहेका छैनन् । शुक्रबारको नेपाल बन्द सफल पारौ भन्दै बिहिबार साँझ राकेजुलुस निकाल्ने तयारीमा रहेका माओबादी बिप्लब समुहका डोटी जिल्ला संयोजक विवेक कुमालसहित अन्य नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश थापा, जिल्ला सचिबालय सदस्य हिमाल मडै, संयोजक गणेश कार्की लगायत अन्य कार्यकर्ताहरु दिप धामी, राम साउद, मोहन कठायत, जयराज बिक, कुशल देउवा र हर्क बोहरा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका हरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । बन्दका कारण अहिले सम्म कुनै झडप तथा अप्रिय घट्ना नै भएको छैन् ।
















प्रतिक्रिया