८ कार्तिक २०८३, आइतबार

सिटिइभिटीमा तनाब र तोडफोडः परीक्षा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

education_20140711070841भक्तपुर, ८ साउन । समयमै प्रवेशपत्र वितरण नगरिएको भन्दै आक्रोशित विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) मा विहीबार तोडफोड गरेका छन् ।

आगामी शनिबार हुने भनिएको स्नातक तथा प्रमाणपत्र तहका वर्गीकृत र निःशुल्क छात्रवृत्तितर्फका विभिन्न शैक्षिक कार्यक्रमको परीक्षाका लागि अपराह्न २ बजेदेखि प्रवेशपत्र वितरणको कार्य तालिका रहे पनि वितरण नभएपछि विद्यार्थीले तोडफोड गरेका हुन् ।

प्रवेशपत्र लिन करिब तीन हजार परीक्षार्थी बिहान ११ बजेदेखि नै लामबद्ध भए पनि प्रणालीमा खराबी देखिएको भन्दै सिटिइभिटीले प्रवेशपत्र दिन नसकिने सूचना जारी गरेलगत्तै आक्रोशित विद्यार्थीले ढुङ्गामुढा गर्न थालेपछि स्थिति तनावपूर्ण बन्न पुगेको थियो ।

तोडफोडबाट नयाँ भवनका १० र पुराना भवनका तीन झ्यालका सिसा फुटेका छन् । स्थिति सामान्य बनाउन खोज्दा प्रहरी र विद्यार्थीबीच झडपसमेत भएको छ । झडपमा तीन प्रहरी र पाँच विद्यार्थी घाइते भएका छन् ।

सिटिइभिटीका पदाधिकारीको आन्तरिक भागबन्डा र झगडाको कारणले प्रवेशपत्र लिन दिनभर पङ्क्तिबद्ध विद्यार्थीलाई खाली हात पठाउन खोजिएपछि तनाब भएको आन्दोलनको अगुवाइ गरेका अखिल(क्रान्तिकारी) सिटिइभिटीका अध्यक्ष टीकाराम सुनारले बताउनुभयो ।

सिटिइभिटीले भने शनिबार गर्ने भनिएको परीक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि स्थगन भएको जनाएको छ । सिटिइभिटीका सदस्य सचिव डा रामहरि लामिछानेले सर्भरमा समस्या आएपछि प्रवेशपत्र समयमै वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले यही साउन १० र ११ गते प्रवेशपत्र वितरण गरिने तथा परीक्षाको नयाँ मिति र केन्द्रकोबारे सूचना पनि छिट्टै प्रकाशन हुने जानकारी दिनुभयो । रासस