८ कार्तिक २०८३, आइतबार

खोलाको किनारमा आमा-छोरीको निवस्त्र लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bodyमकवानपुर, ७ साउन । मकवानपुरमा एकै दिन तीन जना मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी-२ को नदी किनारमा दुई र भैसे-७ खोकलाङमा एक महिला मृत भेटिएका छन् । मनहरी–२ मा मृत भेटिएका दुई महिला आमा छोरी हुन् । यी दुबै आमा छोरीको शरीरको अधिकांश भागमा लुगा नभेटिएको प्रहरीले जनाएको छ ।

मृत फेला पर्नेमा मनहरी-२ छरिवाङ बस्ने ५५ बर्षीया ठुलीमाया थिङ र उनकी ३२ बर्षीया छोरी छयरानी थिङ रहेका छन् । आमा मनहरी-१ लोथर खोलाको किनारमा विहीबार मृत फेला परेकी थिईन भने, छोरी१ सय मिटर पर चितवन पिप्ले-६ लोथर खोलाको किनारमा निवस्त्र फेला परेकी हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आमाछोरीलाई खोलाले बगाएर ल्याएको देखिएको छ । यद्यपी खोलाले बगाएको हो कि हत्या गरि खोलामा फालिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

यस्तै, मकवानपुर भैसे-७ खोकलाङ बस्ने ३० बर्षीया निला राई विहिबार आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । उनले आत्महत्या गरेको बताइएको छ ।