८ कार्तिक २०८३, आइतबार

अमेरिकी पेस्तोलसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarमोरङ्ग, ७ साउन । मोरङमा अमेरिकी पेस्तोलसहित एक युवक प्रहरी फन्दामा परेका छन् ।

बिराटनगर उपमहानगरपालिका– १० बस्ने २६ बर्षीय अमर कुमार महत्तोलाई प्रहरीले मेडइन युएसए लेखेको अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान र गोली ३ राउण्ड सहित पक्राउ गरेको छ ।

कटहरी– १ स्थित आदर्श टोलमा निजले मंगलबार हातहतियार लुकाई छिपाई लगिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी चेक जांच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।