८ कार्तिक २०८३, आइतबार

मृतकका परिवारले अहिलेसम्म राहत पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ७ साउन । विनाशकारी भूकम्पबाट पीडित परिवारले राहत नपाएको गुनासो गरेका छन् ।

लहरेपौवा गाविस वडा नं ६ की आफ्नै छोरी गुमाएकी भोमा भट्टले अझैसम्म सरकारी राहत नपाएको गुनासो गरेकी हुन् ।

घरमात्र क्षतिग्रस्त होईन ४ वर्षीया छोरी दीपा भट्टको विनाशकारी भूकम्पमा परेर मृत्यु भएको हो । मेतकका परिवारलाई सरकारी राहत मात्र होईन उनलाई पहिलो चरणको सात हजार पनि नाम टिपाउन छुटेको भन्दै दिएनन् । ‘जस्तापाता खरिदका लागि सरकारको १५ हजार पाए पनि मृतकका परिवारले पाउने १ लाख रुपैयाँ पाएकी छैनन् भट्टले भनिन् । ’

अन्य राहतको कुरामा उनको गुनासो छैन । खाद्यान्न दिन आएका छन् पाएको छु सधैं अरुको आशा गरेर बस्न पनि भएन । हजारौं मान्छेहरुलाई भुकम्पले कर्मामा परेको बेला राहत दिनेहरुलाई धन्यवाद नै दिनु पर्छ । पेशाले कृषक गोमा भट्टसँग पहिलो पटक कुराकानी भएको हो । गाविसले ७ हजार नदिएको विषयमा घुम्ती नागरिक सहायता कक्षका स्वयम्सेवक केशव गँजुरेलले गाविस सचिव गीता सापकोटासँग सम्पर्क गर्दा बजेट अभावले गर्दा ढिला भएको र केही दिनमा दिने बताए ।