दार्चुला, ७ साउन । दार्चुलाको खार गाविसमा पर्यटक भित्र्याउन होमस्टे सञ्चालनको तयारी भइरहेको छ । अपी नाम्पा संरक्षण क्षेत्र भित्र पर्ने खार गाविसको दल्लेखमा होमस्टे सञ्चालनको लागि कैलाश भुपरिधी कार्यक्रमले आर्थिक सहयोग गर्ने भएको हो ।
पहिलो चरणमा खार गाविसका आठ वटा घरहरुमा होमस्टे राख्ने तयारी गरिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षण अधिकृत अशोक रामले जानकारी दिए । प्रत्येक घरलाई पाँच पाँच लाख रुपैयाँ खर्च हुने छ । सो रकम घरहरु सजाउनको लागि सामग्री खरिद तथा तालिममा खर्च हुने छ ।
होमस्टे सञ्चालनको लागि घरहरु छनौट भइसकेको छ । उनीहरुलाई तालिमको तयारी भएको छ । होमस्टे सञ्चालनको लागि छनौट भएका घरहरुको अनुगमन समेत गरिएको छ ।
कैलाश भु परिधी कार्यक्रमका रोम, संरक्षण अधिकृत अशोक राम लगायतको टोली घरहरु निरक्षण गरेका हुन् । छनौटमा परेकाहरुलाई तालिम दिई भदौ असोज भित्र होमस्टे सञ्चालन गरिने रामले जानकारी दिए ।
खार गाविसका दल्लेख पर्यटकहरुको लागि रमणीय र चिसो भएको ठाउँ छ । खार गाविसका मार्मा क्षेत्रको प्रवेशद्धार तथा संरक्षण क्षेत्रको नमूना कार्यक्रम सञ्चालन भएको क्षेत्र समेत हो । अपी नाम्पा संरक्षण क्षेत्रले जिल्लाका २१ वटा गाविस समेटेको छ ।















प्रतिक्रिया