नवलपरासी, ७ साउन । संघीय समाजवादी पार्टीका आधा दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
संघीय समाजवादी पार्टी र फोरम नेपाल पार्टी बीच एकता भएपछि असन्तुष्ट रहँदै आएका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
३७ औं पुष्पलाल समृति दिवसमा एमाले नवलपरासीले कावासोतीमा आयोजना गरेको कार्यक्रममा संघीय समाजवादी पार्टीका जिल्ला सचिव मिनबहादुर लामा सहित आधा दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा संघीय समाजवादीका जिल्ला सदस्यहरु रघुबिर गुरुङ्ग, आश बहादुर गोले तामाङ्ग, गणेश गुरुङ्ग, क्षेत्रिय कमिटी सदस्य मीन बहादुर महतो र रुमकान्त श्रेष्ठ रहेका छन् ।
त्यस्तै एकीकृत नेकपा माओवादीका कार्यकर्ता शेरबहादुर चौधरी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य तिलक महतले खादा र अविर लगाएर एमालेमा स्वागत गरेको थिए ।
















प्रतिक्रिया