८ कार्तिक २०८३, आइतबार

घुस खाने सडक कार्यालयका दुई इन्जिनियर कंलकीबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौं, ७ साउन । सेवाग्राहीबाट घुस खाने डिभिजन सडक कार्यालय टेकुका दुई इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

घुस खाने इन्जिनियर ललिजन रावल र सब-इन्जिनियर गोविन्द गैरैलाई एक लाख रुपैयाँ घुससहित अख्तियारले बिहीबार कलंकीबाट पक्राउ गरेको हो ।

उनीहरुले चन्द्रागिरी नगरपालिका, दहचोकको त्रिवेणी मार्ग कालोपत्रे गर्ने ठेकेदारबाट एक लाख रुपैयाँ घुस लिएका थिए । घुस खाएको अख्तियारले थाहा पाएपछि उनीहरुलाई कलंकीबाट रंगेहात पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।