काठमाडौं, २३ भदौ। जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ ।
ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएका ६ जनाको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा ठेगाना नखुलेका १९ वर्षका श्रीराम चौलागाई, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ, ठाउँ नखुलेका २८ वर्षका गौरव जोशी, २४ वर्षका सौरभ कटुवाल, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वतबहादुर अधिकारी रहेका छन् ।








प्रतिक्रिया