लहान, ७ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले आव २०७१÷७२ मा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १९६ जना चालकमाथि कारबाही गरेको छ ।
पूर्वपश्चिम राजमार्ग तथा जिल्लाका विभिन्न सहायक मार्गमा गरेको सवारी जाँचका क्रममा मापसे गरेका चालकमाथि कारबाही गरी रु एक लाख ९६ हजार राजस्व सङ्कलन गरेको जनाइएको छ ।
जाँचका क्रममा एक हजार १९६ जनामाथि गरेको कारबाहीबाट सो राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख अर्जुनकुमार पोखरेलले बताउनुभयो ।
अघिल्लो आवभन्दा यो झन्डै रु ५६ हजारले बढी हो । आव २०७०÷७१ मा कार्यालयले १२६ सवारी चालकलाई गरेको कारबाहीबाट रु एक लाख ४० हजार राजस्व सङ्कलन गरेको थियो ।
कारबाहीमा अधिकांश मोटरसाइकल चालक परेका छन् । मोटरसाइकल चालकबाट मात्रै आव २०७१÷७२ मा रु ७० हजारभन्दा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया