२९ आश्विन २०८३, बिहिबार

बेनिघाट–लार्के सडक १० दिनदेखि अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २० भदौ । उत्तरी गोरखाको प्रवेशद्वार बेनिघाट–लार्के सडक विगत १० दिनदेखि अवरुद्ध छ । सेनाले निर्माण गरिरहेको सडकको तातोपानी खण्डको पहिरो नपन्छाउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

धार्चे–३ मा पहिरोले सडकको जग नै बगाएर बूढीगण्डकीमा पुर्‍याएको छ । पैदलयात्रुसमेत पहिरोको बाटो जोखिम मलेर हिँड्न बाध्य भएको स्थानीय इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।