९ असार २०८३, मंगलबार

दीपेन्द्रको अलराउन्डर वरीयता खस्कियो

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको आइसीसी टी–२०आई अलराउन्डर वरीयतामा खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र तेस्रोमा छन् । यसअघि उनी दोस्रो स्थानमा थिए ।

अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी भने एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । शीर्ष स्थानमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । चौथोमा वेस्ट इन्डिजका रस्टन चेज छन् ।