काठमाडौं, १३ भदौ । मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ मा कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले आज उपनिर्वाचनको मिति तय गरेको हो । प्रदेशसभा सांसद राजिव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि उक्त क्षेत्र रिक्त छ ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका मनांगेलाई गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले पदमुक्त हुने फैसला सुनाएको थियो ।








प्रतिक्रिया